stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार उनलाई सोमबार साँझदेखि अचानक ज्वरो आएको थियो । साँझ ९९.८ डिग्री मात्रै रहेको ज्वरो राति १ सय २ पुगेको उनले बताए । कोइरालाले केही समस्या परे अस्पताल जाने नभए घरमै आइसोलेसनमा बस्ने बताएका छन् ।

उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका केही नेता तथा कार्यकर्ताहरुले मंगलबार नै पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना दिइएको पनि बताइएको छ । कोइराला पछिल्लो समय नेता तथा कार्यकर्ताहरुसँग भेटघाटमा ब्यस्त थिए ।

prabhu mahalaxmi
kumari