stcnepal long ad
ime life insurance
national life
global ime bank long

रथ तान्ने क्रममा ललितपुर महानगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनीमाथि यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको र सोही क्रममा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएको आरोप छ ।

उक्त घटनापछि फरार हुँदै आएका उनलाई आफन्तकहाँ लुकिछिपी बसेका अवस्थामा आइतबार साँझ नक्खुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनीसँगै उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरिएको बताइएको छ । अझै दुई जना फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ ।

निषेधाज्ञाको उल्लङ्घन गरी रथ तान्न थालेपछि प्रहरीले रोक्न खोज्दा त्यहाँ झडप भएको थियो । सोही क्रममा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए ।

उनीहरुलाई अभद्र व्यवहार र सङ्क्रामक रोग ऐन २०२० अन्तरगतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

IME Lifesidebar
kumari