भदौ २५ गते नबिल इक्विटी र नबिल ब्यालेन्स्ड फन्ड–२ को बुक क्लोज
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डले बुक क्लोज मिति तय गरेका छन् । नबिल इक्विटी र नबिल ब्यालेन्स्ड फन्ड–२ ले भदौ २५ गते बुक क्लोज गर्ने भएका हुन् । तसर्थ, भदौ २४ गतेसम्म कायम इकाइधनीले यी दुई फन्डले घोषणा गरेको लाभांश पाउने छन् । नबिल इक्विटी फन्डले (कर सहित) ६५ का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्न लागेको छ ।
यसले नगद लाभांश वितरणमा ७ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । त्यस्तै, नबिल ब्यालेन्स्ड फन्ड–२ ले ९५ नगद लाभांश ९कर सहित० वितरण गर्न लागेको छ ।
यसले नगद लाभांश वितरणमा १० करोड ८ लाख रुपैयाँ खर्च गर्नेछ । दुवै फन्डले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट इकाइधनीलाई प्रतिफल घोषणा गरेका हुन् ।





















