stcnepal long ad
ime life insurance
national life
global ime bank long

शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत् दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका कोभिड कमिटीका सदस्य डा. सविन थपलियाका अुनसार मृत्यु हुनेमा तनहुँकी २० वर्षीया युवती र काठमाडौंका ७५ वर्षीय वृद्ध छन्।

उनले दुबै संक्रमितको मंगलबार बेलुका मृत्यु भएको जनाए। तनहुँ स्थायी घर भएकी युवती किड्नी फेल भएर डायलासिस गराउँदै आएकी थिइन्। उनलाई संक्रमण पुष्टि भएपछि मंगलबार नै कोभिड वार्डमा सारिएको थियो।

काठमाडौंका वृद्ध भने १५ गते अस्पताल भर्ना भएका थिए। मधुमेह र रक्तचापको समेत रोगी रहेका उनलाई पहिलो दिनदेखि नै आइसियूमा भर्ना गरिएको थियो।

डा।थपलियालको वृद्धको आइसियूमै उपचारको क्रममा मृत्यु भएको जनाए। दुबै मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ। मंगलबार राति नै वीरगन्जको कोरोना अस्तपालमा बाराका ९७ वर्षीय वृद्धको मृत्यु भएको थियो

IME Lifesidebar
kumari