stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

इम्वाेस नम्वर प्लेट अङ्ग्रेजीमा राख्ने सर्वाेच्च अदालतकाे फैसलाकाे विराेध

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौ । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरका बिद्यावारिधी तह अध्ययन गरिरहेका रेखा काैशल रेग्मी लगायतका सम्पूर्ण विद्यार्थीहरु गत २०७७ भदौ १४ गते सवारी साधनमा प्रयोग गरिने इम्बाेस्ड नम्बर प्लेट अङ्ग्रेजी भाषामा राख्ने नेपालको सम्मानित सर्वाेच्च अदालतको फैसलामा असहमति जनाएका छन।
भाषाले नै कुनै संस्कृति,जाति, समुदाय र सिङ्गो राष्ट्रको पहिचानको गौरवपूर्ण प्रतिनिधित्व गरेको हुन्छ। संसारभरि रहेका चार करोड मानिसहरुले मातृभाषाका रुपमा प्रयोग गर्दै आएको नेपाली भाषा नेपालको संम्विधानले सरकारी कामकाजको भाषाका रुपमा समेत मान्यता प्रदत्त गरेको भाषा हो ।
हाम्रो छिमेकी राष्ट्र भारत सरकारले पनि त्यहाको संविधान भित्र आठौँ अनुसूचीमा सूचीकृत गराई मुख्य भाषाको मान्यता दिलाएको नेपाली भाषाबिरुद्ध सरकारी निकायबाटै सुनियोजित आक्रमणका शैलीमा अङ्ग्रेजी भाषामा मात्र राख्ने भनिएको इम्बोस्ड नम्बर प्लेटको सर्वत्र विरोध हुँदाहुँदै न्यायिक गरिमालाई नै धमिल्याउने ढङ्गले अहिले सम्मानित सर्वोच्च अदालतबाट इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नभई अङ्ग्रेजी भाषामा मात्र राख्ने भनी गरिएको फैसला खेद र निन्दाजनक रहेको विधार्थीहरुले जनाएका छन ।
नेपाली अक्षरमा प्रयोग हुने मात्राको कारण अक्षरको आकार सानो ठूलो हुने भएकाले नम्बर प्लेटका साइज एउटै हुन नसक्ने, अङ्ग्रेजी भाषाको नम्बर प्लेट प्रयोग गर्दा सवारी साधनको चोरीपैठारी तथा दुर्घटना कम हुने तर्कहरू पेस गर्दै भएको यो फैसलालाई अर्थहीन,हास्यास्पद र राष्ट्रघाती ठहर गरेका छन ।
विधार्थीहरुले आज एक विज्ञप्ति प्रकाशित गरि राष्ट्रियता र अस्मितासँग सम्बन्ध राख्ने महत्वपूर्ण विषय भाषालाई जगेर्ना गर्नुपर्ने निकाय सर्वोच्चको यो फैसला नेपालको राष्ट्रभाषा, सरकारी कामकाजको भाषा र माध्यम भाषाका रुपमा रहेको नेपाली भाषा सम्बन्धमा संविधानकै अवहेलना हुनेगरी अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला गर्नु निन्दनीय छ।
योे असंवैधानिक र राष्ट्रघाती फैसलालाई सच्याउन जोड़दार माग गर्दछौं भनेका छन। अन्त्यमा, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरुद्वारा सञ्चालित अभियान प्रति ऐक्यबद्धता जनाउँदै सवारी साधनमा अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने भन्ने सर्वोच्च अदालतको फैसला तत्काल सच्याई इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य रुपमा नेपाली भाषाको प्रयोग गर्ने हाम्रो माग यथोचित सुनुवाई नभएमा कडा कदम चाल्न बाध्य हुनेछौँ भनिएकाे छ।
विज्ञप्तिमा विराेध गर्दै हस्ताक्षर गर्ने विधावारिधि विधार्थीहरूमा रेखाकौशल रेग्मी, माया घिमिरे, सीता अधिकारी थापा, निर्मला ढ़काल ,अनिल अधिकारी ,खगेश्वर भट्टराई, खगेन्द्र जोशी, बेगेन्द्र सुब्बा, प्रकाश थापा,सुमित्रा खड्का रहेका छन ।
prabhu mahalaxmi
kumari