ओली गुटकाे कि सर्वमान्य नेता ?
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एजेण्डा बोकेर जनभावना संवोधन गर्न सफल हुनु पर्छ भन्ने आम जनताकाे धारण छ ।
विवाद , छलफल वहस वाहिर भन्दा आन्तरिक प्रधान हो । पछिल्लो समय प्रधानमन्त्री उपर यो वा त्यो कोणबाट प्रश्नहरु उठेका छन । सोही प्रश्न निराकरणको लागि कार्यदल पनि गठन भइ रिपोर्ट पनि तयार भइ पार्टी समक्ष प्रस्तुत भएकाे छ ।
विश्वास छ रुपान्तरणको विकल्प छैन । पार्टीले विषम परिस्थितिलाई संवोधन गरि कार्यदलको प्रस्तुत प्रतिवेदनको जगमा ठोस निर्णय गर्छ नै ।
यसमा स्वयं प्रधानमन्त्री ओली , प्रचण्ड थप जिम्मेवार र जवाफदेही बन्छन भन्नेमा कुनै शंका छैन । यो कुरा नेता, कार्यकर्ता र आम जनताको चासो, सरोकार र प्रतिक्षाको विषय बनेको छ यतिवेला । तर अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टी र सरकारको शीर्ष स्थानमा रहेकाले उहाँ उपर आसा र आलोचना दुवै छ ।
ओली फेयरै छन होला तर उनका वरिपरिका सारथी भनिएका निर्णय तहमा हैसियत राख्ने केही मान्छे प्रति नेकपा भित्र शांका,घृणा व्यक्त हुँदै आएकाे देखिन्छ। ओलीको विचार समुहमा उनलाइ दु:खमा साथ दिएका असल राजनीतिक संस्कार ,चरित्र ,इतिहास भएका नेता कार्यकर्ताको कुनै कमी छैन तर तिनीहरु आज पनि ओलीको खातिर विना अवसर सहिद भएका छन ।
एकातिर तिनै शहीदै आदर्श चेतना बोकेका ओझेलमा पारिएका ओलीका खास मान्छे आज पनि ओलीलाई सफल बनाउन बिना स्वार्थ काँध खियाइरहेको देख्न पाइन्छ । अर्कोतिर ओली समुहको मुकुण्डो ओढेर ओलीलाई बदनाम गराउँदै निहित स्वार्थ पुर्तिमा लमतन्न परेर नाङ्गै उत्रिएका अमेरिकी जासुसी संस्था सिआईएले फिट गरेका दलाल भँडुवा भुँइफुट्टा मान्छे ओलीवाद भन्दै लुटतन्त्रलाई लोकतन्त्रको उपमा दिइरहेका छन ।
जसले गर्दा प्रधानमन्त्रीको सायद असल भावना धुमिल गराइ निरन्तर विवादमा पारि माछा मारिरहेका छन । ओलीजीले त्यो खराव घेरा नचिन्नु भएको पनि पक्कै होइन तर उहाँको विवसता के छ अनुसन्धान दाताको खोजको विषय बनेको छ ? अब प्रधानमन्त्रीलाई असफल बनाउन भूमिका खेलेका त्यस्ता धुन्दुकारीहरुलाई किक हानेर निकाल्ने साहस ओलीले नगरे उनी प्रधानमन्त्रीको रुपमा त रहलान तर असल इतिहास निर्माण संभव हुँदैन ।
त्यसैले मूलुकको इतिहास निर्माणको यो घडिमा प्रधानमन्त्री ओलीले निहित स्वार्थ पुर्तिको घेरालाई विना संकोच तोड्नै पर्छ । सिङ्गो पार्टीलाई एकतावद्ध बनाउन ओली गुटको नेता होइन सर्वमान्य नेता बन्न सक्नु पर्दछ ।
योगदानको कदर , सामानुपातिक अवसर र न्यायको राजनीति पार्टी जीवनको मुल्याङ्कन पद्धति बनाउनु पर्छ । यसो हुन सकेमा पार्टी भित्र पुरानोको क्रमभङ्ग र नयाँको निरन्तरता संभव छ । जसबाट राष्ट्रको उज्वल भविस्य र कम्युनिष्ट आन्दोलनको मूल्यवोध संस्थागत हुने छ । यो मर्म खास गरेर ओलीले र प्रचण्डले समय नघर्किदै आत्मसात गरन ।























