citizens life insurance long ad
stcnepal long ad

एक दम्पती संक्रमित, दुई बैंक बन्द

Nimb long ad
Prabhu Insurance Long Ad

दमौली । तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैंकमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। भानु नगरपालिकामा आइतवार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु पनि छन्।

गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा कार्यरत श्रीमानमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैंक तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।

‘बन्दीपुरस्थित बैंकमा काम गर्ने श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमित भएको अबेर मात्रै थाहा पायौँ’,थापाले भने, ‘सम्बन्धित दुवै बैङ्कलाई एक हप्ताका लागि कार्यालय बन्द गर्न भनेका छौँ।’ यस विषयमा छलफल गर्न आज आकस्मिक बैठक डाकिएको र उक्त बैठकले थप निर्णय गर्ने थापाले बताए।

भानु–६ निवासी २३ वर्षीय ग्लोबल आईएमई बैंक र २५ वर्षीया गरिमा विकास बैंकमा कार्यरत थिए । बन्दीपुर गाउँपालिकामा एक हप्तादेखि जारी निषेधाज्ञा आइतवार खुले पनि दुवै जना बैंकमा भने आएका थिएनन्।

‘उनीहरुको बैंकमा कार्यरत अन्य कर्मचारीको पनि स्वाब सङ्कलन गर्ने तयारी गरेका छौँ, रिपोर्ट नआइन्जेल बैंक बन्द गर्न भनेका छौँ’, अध्यक्ष थापाले भने । रासस

IME Life
kumari