सनराइज फस्टको सेयर बजारमा लगानी १८.४५% वृद्धि
काठमाडौं । सनराइज फस्ट म्युचुअल फन्डले साउन मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा ४२ करोड ४० लाख ७० हजार रुपैयाँ लगानी गरेको छ ।
१ महिना अवधिमा यसको सूचीकृत संस्थाको सेयरमा लगानी १८.४५% ले बढेको हो । असार सम्ममा यस फन्डले ३५ करोड ८० लाख ७ हजार रुपैयाँ सेयरमा लगानी गरेको थियो । यसअवधिमा फन्डले ५८ वटा दोस्रो बजारमा सूचीकृत भएका कम्पनीको सेयरमा लगानी गरेको छ ।
सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी रहेको छ । यस बैंकको ४१ हजार ९६० कित्ता सेयरमा ३ करोड ४४ लाख ९१ हजार रुपैयाँ लगानी भएको छ । यता, साउन मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद मूल्य (न्याभ) २२ पैसाले बढेर ११ रुपैयाँ २० पैसामा आएको छ ।
असारमा यसको न्याभ १० रुपैयाँ ९८ पैसा थियो । १ महिनामा बैंकमा मौज्दात १२ करोड १४ लाख ८५ हजार रुपैयाँले घटेर २९ करोड ४१ लाख ४३ हजार रुपैयाँमा आएको छ । असारमा बैंकमा ४१ करोड ५६ लाख २८ हजार रुपैयाँ निक्षेप रहेको थियो ।






















