citizens life insurance long ad
stcnepal long ad

अरुण काबेली पावरको नाफामा उल्लेख्य सुधार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वार्षको चौथो त्रैमाससम्म आइपुग्दा अरुण काबेली पावरको नाफामा उल्लेख्य सुधार आएको छ । यसअवधिमा नाफा १० करोड ९६ लाख २ हजार रुपैयाँले बढेर १० करोड ९७ लाख ५२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस कम्पनीले १ लाख ५० हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

२५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजना निर्माण सम्पन्न भई गत कात्तिकबाट व्यावसायिक उत्पादन थालेकाले कम्पनीको नाफा ह्वात्तै बढ्न सहयोग पुगेको हो ।

यसले विद्युत् बिक्रीबाट ४० करोड ७३ लाख ५७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष यसले विद्युत् उत्पादन गरेको थिएन । यता, अघिल्लो वर्ष १६ लाख ९३ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी असारसम्ममा २ करोड २९ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

यसले पनि नाफा थप विस्तार गर्न सहयोग पुगेको हो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ९ करोड ४२ लाख ४१ हजार रुपैयाँ छ । यस अवधिमा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ २८ पैसा रहेको छ ।

IME Life
kumari