stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ।

११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन्। अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ। सरकार र नागरिक दुवैका कमजोरीले काठमाडौं संक्रमणको उच्च जोखिममा गएको विज्ञ बताउँछन्।

शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा। शेरबहादुर पुनले लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको बताए। ‘लकडाउन खुसेसँगै बाहिरी जिल्लाबाट काठमाडौं आउने बढे’, डा। पुनले भने, ‘जुन बेला ९९ प्रतिशतमा लक्षण देखिएको थिएन। लक्षण नभएकाहरू गाइडलाइनअनुसार क्वारेन्टाइनमा बसेनन्। उनीहरू समुदायमा काम गर्ने व्यक्ति थिए। बिनापरीक्षण काममा गए। यसबाट पनि एक प्रकार जोखिम बढ्यो।’

बाहिरी देशबाट आएकालाई सरकारले क्वारेन्टाइनमा राख्यो। परीक्षण ग¥यो। तर, बाहिरी जिल्लाबाट आउनेलाई भने काठमाडौंमा क्वारेन्टाइनमा राखिएन। उनीहरूको परीक्षण पनि गरिएन। सरकारले लकडाउनको समयको सदुपयोग गर्न नसक्नु अर्को समस्या भएको उनले बताए। ‘लकडाउनको समयमा आवश्यक तयारी गर्नुपथ्र्यो’, उनले भने, ‘सरकारले रणनीति बनाउनु पथ्र्यो त्यो काम भएन। पुरानै तरिकामा चल्यो।’, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

IME Lifesidebar
kumari