citizens life insurance long ad
stcnepal long ad

विवाद भएपछि राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । आज बुधबार  बस्ने भनिएको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित भएको छ । बुधबारको सञ्चालक समितिको बैठकले उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउने एजेण्डा रहेको थियो । कोइरालालाई नियुक्त गर्ने तयारीको व्यापक विरोध भएपछि बुधबारको सञ्चालक समितिको बैठक नै स्थगित भएको  एक सञ्चालक समितिका सदस्यले आर्थिक सञ्जाललाई जानकारी दिए ।

मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति समेत रहनु भएका कोइरालामाथि आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धक लगायतका पदमा रहँदा अनियमितता गरेको आरोप लागेको थियो ।

कोइरालालाई पहुँचकै भरमा फेरि वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन लागिएको भन्दै गत सोमबारदेखि चर्को विरोध समेत भइरहेको  जनाएको छ ।

उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउन सरकारले वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्ड सदस्यमा नियुक्त गरेपछि खाली पदका लागि कोइरालालाई ल्याइएको हो । कोइराला यसअघि आधा दर्जन निकायमा राजनीतिक नियुक्ति पाएर विवादमा मुछिएका थिए । उनको हरेक कार्यकाल कुनै न कुनै रूपमा विवादित छ ।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी भएकाले तत्कालीन एमाले र अहिले नेकपा सत्तामा पुग्दा राजनीतिक लाभको पद पाउने गरेको टिप्पणी हुने गरेको छ ।

तत्कालीन एमालेको अल्पमतको सरकार ०५१ सालमा बनेसँगै कोइरालाले पनि राजनीतिक नियुक्तिका लागि पाइला चाले । उनी ०५१ माघ ५ देखि ०५२ मंसिर ३ गतेसम्म खाद्य संस्थानको महाप्रबन्धक बने । हाल रूपान्तरण भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका एक कर्मचारीका अनुसार उनले खाद्य संस्थानलाई नजिकका मानिस र कार्यकर्ता नियुक्त गर्ने भर्तीकेन्द्र बनाएका थिए ।

 

 

 

IME Life
kumari