citizens life insurance long ad
stcnepal long ad

भरतपुरको आइसोलेसनबाट भागेका एक संक्रमित नुवाकोटमा फेला परे

Nimb long ad
Prabhu Insurance Long Ad

चितवन । भरतपुर अस्पतालको आइसोलेसन वार्डबाट मंगलबार बिहान भागेका एक संक्रमितलाई नुवाकोटबाट प्रहरीले नियन्त्रणमा लिइएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले नुवाकोटको बेलकोट–५ मा स्थानीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताए । भरतपुर अस्पतालले निकालेको सूचनामा भने उनी गल्छीदेखि दुई किलोमिटर भित्र पक्राउ परेको उल्लेख छ ।

भरतपुर ठेगाना भएका १९ वर्षीय युवकलाई संक्रमित प्रमाणित भएपछि भदौ ६ गते अस्पताल ल्याइएको थियो । उनी चोरी आरोपमा प्रहरीको नियन्त्रणमा रहेका बेला संक्रमण पुष्टि भएको थियो ।

IME Life
kumari