citizens life insurance long ad
stcnepal long ad

बुधबार पनि सुनको भाउ घट्नेक्रम जारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुनको भाउ बुधबार पनि घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ रहेको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ थियो । चाँदीको भाउ भने प्रतितोला १३ सय २० रुपैयाँ थियो ।

IME Life
kumari