citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

सुनका गहना अर्डर गर्दा ७५ प्रतिशत पेश्की अग्रिम दिनुपर्ने

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सुनचाँदीका गरगहना अर्डर गर्दा ग्राहकले कुल रकमको ७५ प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने नेपाल रत्न तथा आभूषण संघले जनाएको छ।

सुनको मूल्यमा भइरहेको निरन्तर उतारचढावका कारण ग्राहकले अर्डर रद्द गर्ने क्रम बढेको भन्दै यस्तो व्यवस्था गरिएको संघले जनाएको छ ।

संघले जारी गरेको सूचनाअनुसार सुनचाँदीका गरगहना अर्डर गरिसकेपछि कुनै कारणवश ग्राहकले अर्डर रद्द गरी रकम फिर्ता मागेमा तयार भइसकेको वा निर्माण प्रक्रियामा रहेको गरगहनाको ज्याला तथा जर्ती कट्टा गरिनेछ । त्यसपछि बाँकी रकम मात्रै ग्राहकलाई फिर्ता गरिने छ ।

विश्व बजारमा सुनको मूल्यमा भइरहेको उतारचढावका कारण अर्डर रद्द गर्ने प्रवृत्ति बढ्दै गएको र त्यसले व्यवसायमा समस्या सिर्जना गरेको संघको भनाइ छ ।

सूचनामा भनिएको छ,‘विश्व बजारमा सुनको मूल्यमा भइरहेको निरन्तर उतार चढावका कारण सुनचाँदीका गरगहना अर्डर गर्ने क्रममा ग्राहकवर्गबाट अर्डर रद्द गर्ने प्रवृत्ति बढ्दै गएको हुँदा सुनका गरगहना अर्डर गरिसकेपछि ग्राहकबाट कुनै कारणवस अर्डर रद्द गरी रकम फिर्ता माग भएमा तयार भइसकेको वा निर्माण प्रक्रियामा रहेको गरगहनाको ज्याला जर्ती कट्टा गरी बाँकी रकम मात्र फिर्ता गरिनेछ ।

IME Life
ofukuro
kumari