कामना सेवा विकास बैंकको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले २० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीबाट आवेदन माग गरेको छ।
विभिन्न संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिएको हो।
इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदनमा खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट खुलाउनुपर्ने बैंकले जनाएको छ।
तोकिएको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य इच्छुक खरिदकर्तालाई समेत सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।






























