citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड देखाए पुग्ने

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट तथा प्रवक्ता डा. पवनकुमार साहले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य बीमामा आबद्ध व्यक्तिले सेवा लिन आउँदा स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा कार्डको विवरण स्पष्ट देखिने फोटो पेस गरेमा सेवा उपलब्ध गराउन निर्देशन दिइएको छ ।

बोर्डका अनुसार सेवाग्राहीले पेस गरेको कार्डमा रहेको स्वास्थ्य बीमा नम्बर सम्बन्धित व्यक्तिको दर्ता प्रणालीमा भिडान गरी बीमित भए वा नभएको यकिन गर्नुपर्नेछ । त्यसपछि स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्रदान गर्न सकिने बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति साथमा नभएकै कारण बीमित नागरिकलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न पनि बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ ।

IME Life
ofukuro
kumari