citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित Visa Leadership Conclave मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई Excellence in Product Innovation र Excellence in Consumer Debit Cards Business – Principal Client अवार्डबाट सम्मान गरिएको हो।

यस सम्मानले ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई अझ सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आफ्ना डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै लगेको छ।

बैंकलाई प्राप्त यस प्रतिष्ठित सम्मानले डिजिटल बैंकिङको क्षेत्रमा बैंकले चाल्दै आएका नवीनतम पहल र निरन्तर प्रयासहरूलाई थप पुष्टि गरेको छ।

बैंकले आफ्ना भरपर्दो डेबिट कार्ड सेवा र आधुनिक डिजिटल बैंकिङ सेवाहरूमार्फत ग्राहकहरूलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको छ।

प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु बैंकको मुख्य प्राथमिकता रहँदै आएको छ।

एनएमबि बैंकले हाल देशभरी १९६ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गदै आइरहेको छ।

IME Life
ofukuro
kumari