citizens life insurance long ad
stcnepal long ad

हाइब्रिड इन्जिन र थप प्रिमियम सुविधासहित नयाँ पुस्ताको हुन्डाई क्रेटा २०२७ मा आउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

हुन्डाईले भारतीय बजारमा क्रेटा एसयूभीको नयाँ पुस्ता नयाँ फिचरसहित लन्च गर्ने तयारी गरिरहेको छ। हाल यसको विकास र परीक्षणलाई तीव्र गतिमा अघि बढारहेको छ ।

हालै भारतीय सडकमा परीक्षणका क्रममा देखिएको नयाँ क्रेटामा डिजाइन, इन्टेरियर र प्रविधिमा उल्लेखनीय परिवर्तन हुने संकेत देखिएको छ।

परीक्षणका क्रममा देखिएको नयाँ क्रेटा क्यामोफ्लाजले ढाकिएको भए पनि यसमा नयाँ डिजाइनको स्टेयरिङ ह्विल, ठूलो इन्फोटेनमेन्ट स्क्रिन र स्लिक होरिजोन्टल डिजाइनको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर देखिएको छ।

ड्यासबोर्डमा अफ-ह्वाइट र ग्रे कलरको संयोजन प्रयोग गरिएको छ भने सिट अपहोल्स्ट्री र डोर ट्रिममा पनि समान कलर थिम अपनाइएको छ। सेन्टर कन्सोलमा २ वटा कप होल्डरसहितको आर्मरेस्ट राखिएको छ ।

नयाँ क्रेटाको फ्रन्टमा इलेक्ट्रिकली एडजस्टेबल गर्न मिल्ने सिट हुने अनुमान गरिएको छ। ड्राइभर सिट इलेक्ट्रिक रूपमा सञ्चालन हुने भएकाले यसमा इलेक्ट्रिक बोस मोडसमेत उपलब्ध हुन सक्नेछ।

सो फिचर हाल क्रेटा इलेक्ट्रिक र अल्काजारमा उपलब्ध छ। त्यस्तै, पछाडिका यात्रुका लागि कप होल्डरसहितको सेन्टर आर्मरेस्ट, एसी भेन्ट र थप लेगरुम उपलब्ध गराइने अपेक्षा गरिएको छ। पछाडिका यात्रुका लागि वायरलेस चार्जिङ सुविधा पनि समावेश हुन सक्ने अनुमान गरिएको छ।

सो नयाँ एसयूभीको फ्रन्ट र रियर दुवै सिटमा भेन्टिलेसन सिट, एलईडी लाइटिङ, ठूलो साइजका जियोमेट्रिकल डिजाइन्ड ह्विल, क्ल्यामशेल बोनट, अटो अप/डाउन विन्डोज, एडभान्स टेलिम्याटिक्स, लेभल-२ एडास, ३६० डिग्री क्यामेरा र ब्लाइन्ड स्पट अलर्ट सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ। नयाँ क्रेटा हुन्डाईको ग्लोबल के३ प्लेटफर्ममा आधारित हुनेछ।

नयाँ क्रेटामा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।

साथै कम्पनीले पहिलो पटक हाइब्रिड पावरट्रेन पनि समावेश गर्ने तयारी गरेको छ। यसको गियरबक्समा ६ स्पिड म्यानुअल, आईभीटी र ७ स्पिड ड्युअल क्लच ट्रान्समिसन विकल्प उपलब्ध हुन सक्नेछ।

नयाँ पुस्ताको क्रेटा सन् २०२७ मा लन्च हुने अपेक्षा गरिएको छ। यद्यपि, यसको आधिकारिक डिजाइन, इन्जिनको विस्तृत विवरण, हाइब्रिड सिस्टम र मूल्यबारे हुन्डाईले अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छ ।

IME Life
kumari