एनपीएलमा आज दुई रोमाञ्चक खेल हुँदै
चितवन र कर्णाली तथा काठमाडौं र पोखरा भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो।
आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन्। चितवन राइनोज अंकतालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। यता कर्णाली याक्स भने सातौं स्थानमा रहेको छ।
त्यस्तै, आजै दिउँसो ४ः३० बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स भिड्नेछन्। काठमाडौं गोर्खाज अंकतालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ भने पोखरा एभेन्जर्स अंकतालिकाको अन्तिम स्थानमा रहेको छ।
आजका दुवै खेलले अंकतालिकाको समीकरण र टोलीहरूको आगामी यात्रालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।























