citizens life insurance long ad
stcnepal long ad

नेपाल एसबीआई बैंकले ८.२५ प्रतिशत लाभांश दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्ना सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको ५५२औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कायम चुक्ता पुँजीको ३.४० प्रतिशत बोनस सेयर र ४.८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ रहेको छ।

बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी ३३औँ वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ। साधारण सभाबाट पारित भएपछि सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

IME Life
kumari