citizens life insurance long ad
stcnepal long ad

बजारमा मंगलबार सुनको भाउमा भारी गिरावट

चाँदी पनि सस्तियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। कात्तिक २३ गते प्रतितोला सुन २ लाख ८४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी आज चाँदीको भाउ पनि तोलामा १५५ रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ। कात्तिक २३ गते प्रतितोला चाँदी ३ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो।

IME Life
kumari