citizens life insurance long ad
stcnepal long ad

नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने नबिल ग्रोथ फन्डका इकाइहरु मंसिर ९ गतेबाट बिक्रीमा आउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने नबिल ग्रोथ फन्डका इकाइहरु मंसिर ९ गतेबाट बिक्रीमा आउने भएको छ।

नेपाल धितोपत्र बोर्डले यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री गर्न अनुमति दिएको छ।

त्यसमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइको न्यूनतम १५ प्रतिशत इकाइमध्ये कोष प्रवर्द्धक नबिल बैंकका लागि १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाइ तथा योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङलाई १ प्रतिशत वा न्यूनतम १० लाख इकाइ सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

सर्वसाधारणले यस योजनमा न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा तिनले तोकेका शाखाहरुका साथै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

इकाइ खरिदका लागि छिटोमा मंसिर १४ गते र ढिलोमा मंसिर २३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

IME Life
kumari