citizens life insurance long ad
stcnepal long ad

छिमेक लघुवित्त वित्तीय संस्थाको २५५% लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१.५० रुपैयाँको कुल २५ प्रतिशतले हुन आउने ९० करोड ४३ लाख १६ हजार २५.३८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ।

संस्थाले ११.९६३१ प्रतिशतले हुन आउने ४३ करोड २७ लाख ३५ हजार ८९८.५० रुपैयाँबराबरको बोनस शेयर र १३.०३६९ प्रतिशतले हुन आउने ४७ करोड १५ लाख ८० हजार १२६.८८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

IME Life
kumari