citizens life insurance long ad
stcnepal long ad

ट्रेकिङ कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पदयात्रा अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लगेको अभियोगमा अध्यागमन विभागले एक ट्रेकिङ कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ ।

विभागले कानुन विपरीत कार्य गरेको ठहर गर्दै गरिमा भोयज ट्राभल्स एण्ड ट्रेक्स प्रालिलाई उक्त जरिवाना गरेको हो ।

बेल्जियमका दुई जना नागरिकलाई आवश्यक पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लगिएको र स्थानीय प्रशासनको निर्देशनसमेत पालना नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय, डोल्पाबाट प्राप्त पत्रका आधारमा विभागले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

अध्यागमन विभागका अनुसार कम्पनीले प्रचलित कानुनी व्यवस्था उल्लङ्घन गरेको पुष्टि भएपछि अध्यागमन ऐन, २०४९ को दफा १० को उपदफा (४) बमोजिम जरिवाना गरिएको हो ।

विभागले विदेशी पर्यटकलाई पदयात्रामा लैजानुअघि अनिवार्य रूपमा आवश्यक अनुमति लिन सम्बन्धित ट्रेकिङ एजेन्सी, पथप्रदर्शक तथा पर्यटन व्यवसायीलाई सचेत गराएको छ । अनुमति लिँदा उल्लेख गरिएका पदमार्ग, अवधि र सर्तको पूर्ण पालना गर्नसमेत विभागले आग्रह गरेको छ ।

अनुमति प्राप्त पदमार्गभन्दा बाहिर पर्यटकलाई लैजाने, अनुमतिका सर्त उल्लङ्घन गर्ने वा सम्बन्धित निकायको निर्देशन अवज्ञा गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले स्पष्ट पारेको छ ।

निषेधित क्षेत्रमा विदेशी पर्यटकको आवागमनलाई व्यवस्थित, सुरक्षित र कानुनसम्मत बनाउन अनुमति प्रणालीको पालना अनिवार्य रहेको विभागको भनाइ छ ।

IME Life
kumari