डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ६३ हजार ५२० कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको । वित्तीय संस्थाका संस्थापक शेयरधनी विष्णुप्रसाद न्यौपानेले आफ्नो नाममा रहेको ६३ हजार ५२० कित्ता शेयर बिक्रीका लागि कम्पनीमा निवेदन पेश गरे अनुसार संस्थाले सो शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल वित्तीय संस्था कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चोहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई कम्पनीको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।
शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कसंस्थाको भनाई छ । वित्तीय संस्थाले तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने जनाइएको छ ।























