citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

एनपीएल: आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार) जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न ४ः३० बजे सुरु हुनेछ ।आजको खेलमा जनकपुर दोस्रो जितको लक्ष्यमा रहँदा पोखरा पहिलो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ । जनकपुरको कप्तानी हर्मित सिंह र पोखराको नेतृत्व कुशल भुर्तेलले गरेका छन् ।

यसअघिका खेलमा जनकपुरले एकमा जित र एकमा हार बेहोरेको थियो । कर्णाली याक्ससँग पराजित भएको जनकपुरले काठमाडौँ गोर्खाजलाई हराएको थियो । यस्तै, पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

अघिल्ला दुई संस्करणमा भएका खेलमध्ये दुवै टोलीले एक–एक खेल जितेका छन् । सन् २०२५ मा पोखराले जनकपुरलाई २५ रनले हराएको थियो भने सन् २०२४ मा जनकपुरले पोखरालाई सात विकेटले पराजित गरेको थियो ।

IME Life
kumari