citizens life insurance long ad
stcnepal long ad

एक हजारभन्दा बढी सरकारी वेबसाइट पुन:सञ्चालनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रोग्रामिङ ल्याङ्ग्वेज पीएचपी (PHP) मा देखिएको गम्भीर सुरक्षा कमजोरीका कारण बन्द गरिएका एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुन: सञ्चालनमा आएका छन् ।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार आवश्यक सुरक्षा सुधार र प्राविधिक परीक्षण पूरा भएपछि आइतबार साँझदेखि अधिकांश सेवा सञ्चालनमा ल्याइएको हो ।

केन्द्रले प्रणालीमा देखिएको ‘PHP2Shell’ सुरक्षा जोखिम न्यूनीकरण गर्न आवश्यक सुरक्षा प्याच लागू गरी परीक्षणसमेत सम्पन्न गरेको जनाएको छ । यससँगै प्रभावित वेबसाइट तथा अनलाइन सेवाहरू सामान्य अवस्थामा फर्किएका छन् । अझै सञ्चालनमा आउन बाँकी रहेका सेवाहरूलाई समेत यथाशीघ्र पुन: सञ्चालनमा ल्याउने प्रयास भइरहेको केन्द्रको भनाइ छ ।

पीएचपीमा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अक्टोबर २० देखि सरकारी वेबसाइटहरू अस्थायी रूपमा बन्द गरिएका थिए । त्यसका कारण सरकारी अनलाइन सेवामार्फत काम गर्ने सेवाग्राही प्रभावित भएका थिए ।

सरकारी प्रणालीमा प्रयोग हुने सफ्टवेयरमा सुरक्षा कमजोरी देखिएपछि वेबसाइट बन्द गरेर सुरक्षा सुधारको  काम अघि  बढाइएको  थियो ।  आवश्यक  प्राविधिक  प्रक्रिया  पूरा  भएसँगै अधिकांश सेवा पुन: सञ्चालनमा आएपनि बाँकी सेवाको पुन:स्थापनाका लागि काम जारी रहेको केन्द्रले जनाएको छ ।

IME Life
kumari