citizens life insurance long ad
stcnepal long ad

एनपीएलको तेस्रो संस्करण आजबाट सुरु हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।

क्यानका सचिव पारस खड्काले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको स्पष्ट पार्नुभयो ।

चाडपर्वका कारण केही प्रक्रियागत काममा सामान्य ढिलाइ भएपनि प्रतियोगिता तोकिएकै कार्यतालिकाअनुसार भव्य रूपमा सञ्चालन हुने क्यानको भनाइ छ । खड्काका अनुसार यो प्रतियोगिता आईसीसीबाट आधिकारिक स्वीकृति प्राप्त भएकाले यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय स्तरमै पर्नेछ ।

एनपीएल सुरक्षामा १४ सय प्रहरी परिचालन हुने छ भने बाहिर सशस्त्रका ५ प्लाटुन तैनाथ गरिने जनाईएको छ । यसैगरी ड्रोन र सीसीटीभीबाट मैदान भित्र र बाहिर निगरानीहुने छ ।

विजेताले डेढ करोड पाउने
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।

अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि रु ४० लाखले बढाइएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको छ । प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रु ८० लाख, तेस्रो हुने टोलीले रु ४० लाख र चौथो स्थानमा रहने टोलीले रु ३० लाख पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिनुभयो ।

गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै रु एक करोड १० लाख पुरस्कार पाएको थियो । यसपटक विजेताको पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । यसपटक पनि प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहनेछ ।

IME Life
kumari