stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज सोमबार पाँचौ दिन पुगेको छ । काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि भदौ चार गतेदेखि एक हप्ताका लागि जारी भएको निषेधाज्ञाको आज पाँचौं दिन पुगेको छ ।

आज पनि उपत्यकाका मुख्य सडक सँर्ग सहायक र भित्रि सडक पनि सुनसान देखिएको छ । अत्यावश्यक सेवाका सवारी सधन बाहेकका साधनहरुको आवागमन देखिएको छैन ।

तरपनि सडकका मुख्यमुख्य चोकमा सुरक्षाकर्मी बसेर चेकजाँचलाई कडाई पारेका छन् । सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, बैंक, विद्युत, खानेपानी लगायत अत्यावस्यक सेवाका सवारी साधनहरु सञ्चालनमा आएको देखिन्छ ।

भित्रि सडकमा पनि सवारी साधनको आवागमन देखिएको छैन भने केही अत्यावश्यक खाद्यान्नका पसल र औषधि पसलहरु खुलेको देखिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनेमल गरेको देख्न सकिन्छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि निषेधाज्ञा जारी गरेका हुन् ।

prabhu mahalaxmi
kumari