राष्ट्रसंघ महासचिवका लागि नुसेबालाई उम्मेदवार बनाउने युएईको घोषणा
काठमाडौं । संयुक्त राष्ट्रसंघको आगामी महासचिवका लागि संयुक्त अरब युनाइटेडले राज्यमन्त्री लाना जाकी नुसेबालाई उम्मेदवार बनाएको छ ।
राष्ट्रपति शेख महोम्मद बिन जायद अल नाहयानले राष्ट्रसंघ महासभा तथा सुरक्षा परिषद अध्यक्षलाई पत्र लेखेर यसबारे आधिकारिक घोषणा गरेका छन् ।
लाना जाकी नुसेबा सन् २०१३ देखि २०२४ सम्म राष्ट्रसंघमा युएईको स्थायी प्रतिनिधिका रुपमा काम गरिसकेकी अनुभवी कुटनीतिज्ञ हुन् ।






















