citizens life insurance long ad
stcnepal long ad

मन्जुश्री फाइनान्सले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मन्जुश्री फाइनान्सले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ ।कम्पनीको ३३९औँ सञ्चालक समितिको बैठकले ८.७५ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निणर्य गरेको हो ।

कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउने भएको छ । जसका लागि १०० का दरले ४० इकाई अर्थात् ४० करोड बराबरको ८.७५ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्रै मुनाफा वितरण गर्ने गरी सेयर जारी गर्ने निणर्य गरेको हो । यो सेयर संस्थागत लगानीकर्ताहरूको लागि मात्र जारी गरिने व्यवस्था गरिएको छ ।

IME Life
kumari