citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

घरजग्गा व्यवसायमा बैंकहरूकाे कर्जा लगानी घटयाे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। बैंक,वृत्त तथा फाइनान्स कम्पनीहरूको घरजग्गा क्षेत्रमा प्रवाह गर्ने कर्जा खुम्चिएको छ । चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले रियलइस्टेट क्षेत्रमा प्रवाह गरेको कुल कर्जा दुई खर्ब ६९ अर्ब २१ करोड ६० लाख रुपैयाँमा सीमित भएको पाइएकाे छ ।

रियल स्टेट कर्जा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा दुई अर्ब ६६ करोड रुपैयाँले कम प्रवाह भएकाे छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा रियलइस्टेट कर्जा रकम दुई खर्ब ७१ अर्ब ८७ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार २० वाणिज्य बैंकहरूले मात्र चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा रियल इस्टेट क्षेत्रमा दुई खर्ब १५ अर्ब १६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब ८५ करोड रुपैयाँले कम हो ।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको यस्तो कर्जा रकम दुई खर्ब २६ अर्ब एक करोड ४० लाख रुपैयाँ रहेकाे थियो ।

यस्तै विकास बैंकहरूबाट रियल इस्टेट कर्जा प्रवाह भने उल्लेख्य रूपमा बृद्वि भएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले रियलइस्टेट क्षेत्रमा कुल ४२ अर्ब चार करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यो कर्जा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा सात अर्ब ७१ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको रियलइस्टेट कर्जा रकम ३४ अर्ब ३२ करोड ८० लाख रुपैयाँ थियो ।

चालू आर्थिक वर्ष २०८३/८४ को पछिल्लो अवधिमा फाइनान्स कम्पनीहरूले पनि रियलइस्टेट क्षेत्रमा कर्जा प्रवाह बढाएका छन् । राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूको कुल रियलइस्टेट कर्जा १२ अर्ब ९० करोड ९० लाख रुपैयाँ पुगेको छ ।

यो कर्जा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा एक अर्ब ३७ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा फाइनान्स कम्पनीहरूले यस्तो क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम ११ अर्ब ५३ करोड ७० लाख रुपैयाँ थियो ।

राष्ट्र बैंकका अनुसार कुल रियलइस्टेट कर्जामा सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरूको रहे पनि यही समूहको कर्जा घटेका कारण समग्र रियलइस्टेट कर्जा गत आर्थिक वर्षको तुलनामा खुम्चिएको छ ।

विकास बैंक र फाइनान्स कम्पनीको रियलइस्टेट कर्जा प्रतिशत केही बढे पनि वाणिज्य बैंकको कर्जामा आएको गिरावटले समग्र कर्जा बृद्वि घटेको छ  । चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल कर्जा ५९ खर्ब ३६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम ५५ खर्ब ६३ अर्ब ५३ करोड रुपैयाँ थियो ।

यसअनुसार बैंकिङ क्षेत्रको समग्र कर्जा करिब तीन खर्ब ७३ अर्ब रुपैयाँले बढेको अवस्थामा रियलइस्टेट कर्जा भने घटेको देखिन्छ । राष्ट्र बैंकका अनुसार कुल कर्जाको तुलनामा रियलइस्टेट क्षेत्रमा प्रवाह भएको कर्जाको हिस्सा चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा ४.५३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ४.८९ प्रतिशत थियो ।

साउन मसान्तसम्मको रियल इस्टेट कर्जा २ खर्ब १५ अर्ब १६ करोड ६० लाख रुपैयाँ छ। गत आर्थिक वर्षको तुलनामा १० अर्ब ८५ करोड रुपैयाँले कमी आएकाे छ। घरजग्गा कारोबार र कर्जा प्रवृत्तिले समग्र आर्थिक वर्ष २०८२/८३ मा नीतिगत खुकुलोपनका कारण देशभर ७ खर्ब २० अर्बको घरजग्गा कारोबार भए तापनि नयाँ आर्थिक वर्षको सुरुवातमै बैंकहरूको रियल इस्टेटतर्फको कर्जा विस्तारमा सुस्तता वा संकुचन देखिएको छ।

कर्जा प्रवाह घटनुकाे कारण

घरजग्गा व्यवसायमा लगानी खुम्चिनुका मुख्य कारणहरूमा बैंकहरूको प्राथमिकता परिवर्तन गरेकाे पहिलाे कारण हाे। पछिल्लो समय बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जाको दर बढेकाले बैंकहरू नयाँ कर्जा विस्तार गर्नुभन्दा कर्जा असुली र व्यवस्थापनमा बढी केन्द्रित भएका छन्।

दाेस्राे कारण लगानीका लागि सुरक्षित क्षेत्रको खोजी हुन थालेकाे छ। बैंकहरूसँग लगानीयोग्य रकम पर्याप्त भए तापनि जोखिम न्यूनीकरणका लागि रियल इस्टेट जस्ता क्षेत्रमा आक्रामक रूपमा कर्जा प्रवाह गर्न पर्ख र हेरको रणनीति अपनाएका छन्।

तेस्राे कारण
प्राकृतिक तथा नीतिगत असरहर हुन। भदाै १० गतेकाे भाेटेकाेशी पहिराे,बुढीगण्डकी पहिराे,कालिगण्डकी पहिराे,मनाङकाे पहिराे जस्ता बाढीपहिरो तथा प्राकृतिक विपत्तिका कारण घरजग्गा क्षेत्रमा पुगेको क्षतिले गर्दा पनि प्रभावित क्षेत्रको कर्जा प्रवाह र असुलीमा चुनौती थपिएको छ, जसले बैंकहरूलाई नयाँ लगानीमा सचेत बनाएको छ। यी कारणले घरजग्गा व्यवसायमा अझै कर्जा प्रवाह घटने देखिन्छ।

IME Life
kumari