citizens life insurance long ad

मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको असोज २२ गते बिहीबार अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको कम्पनीको वित्तीय विवरण अनुसारको वितरण योग्य रकमबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

IME Lifesidebar
kumari