एक लाख १४ हजार ९२४ वटा वैदेशिक अध्ययन अनमतिपत्र जारी
काठमाडौँ । नेपालबाट विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा एक लाख १४ हजार ९२४ वटा वैदेशिक अध्ययन अनमतिपत्र जारी गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यो विषय उल्लेख गरिएको छ । नेपालबाट विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । पछिल्ला वर्षमा विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च रहँदै आएको छ ।
मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई अध्ययन अनुमतिपत्र तथा विदेशी मुद्रा सटहीका लागि आवश्यक सिफारिससम्बन्धी काम गर्दै आएको प्रवक्ता श्रीप्रसाद भट्टराईले बताउनुभयो ।





















