citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

एनआईसी एशिया बैंकका ग्राहकलाई नगरकोटस्थित होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नगरकोट, काभ्रेस्थित होटल कन्ट्री भिल्ला प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई उक्त होटलले प्रदान गर्ने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र होटलको तर्फबाट फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरे ।

यस समझदारी अनुसार यस बैंकका ग्राहकले उक्त होटलमा सेवा लिँदा विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

ग्राहक महानुभावहरुले होटलको आवासीय, खाना तथा पेय पदार्थ उपयोगमा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस छुट सुविधा अन्तर्गत डिलक्स वर्गका विभिन्न कोठाहरुको आवासीय सेवा लिँदा सप्ताहन्त (शुक्रबार र शनिबार) मा ५ प्रतिशत छुट सुविधा रहेको छ भने खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ । अन्य दिनहरुमा भने दुवै सेवामा १० प्रतिशत छुट सुविधाको उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

IME Life
kumari