citizens life insurance long ad

ट्रायम्फले आज ४ नयाँ मोटरसाइकल सार्वजनिक गर्दै

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।प्रसिद्ध बेलायती मोटरसाइकल निर्माता कम्पनी ट्रायम्फले आज आयोजना हुने एक विशेष कार्यक्रममार्फत चार वटा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीद्वारा जारी टिजरअनुसार नयाँ आउन लागेका मोडलहरूमा बहुप्रतिक्षित क्लासिक–स्टाइलको बोनभिल ४०० मुख्य आकर्षणका रूपमा रहने अनुमान गरिएको छ ।

अक्टोबर ६ को मध्यान्ह (नेपाली समयअनुसार अपराह्न ४ः४५ बजे) हुने यस विश्वव्यापी घोषणामा बोनभिल ४०० का साथै एउटा नयाँ नेकेड स्पोट्र्स र दुई वटा एड्भेन्चर मोडलहरू पनि समावेश हुनेछन् । सार्वजनिक हुने अन्य तीन मोडलहरूमा स्ट्रिट ट्रिपल र टाइगर सिरिजका नयाँ भेरियन्टहरू हुन सक्ने आँकलन गरिएको छ

सार्वजनिक भएको टिजर र पहिले देखिएका स्पाइ शटहरूका अनुसार बोनभिल ४०० मा परम्परागत क्लासिक बडी डिजाइन दिइएको छ । यसमा आकर्षक फ्युल ट्यांक, गोलो हेडलाइट र ऐना, समतल बेन्च सिट, पछाडि क्रोम ग्याब रेल र पिसूटर–स्टाइलको एक्जस्ट पाइप समावेश छ ।

स्पोक ह्विल, टेलिस्कोपिक फ्रन्ट फोर्क र ट्विन रियर शक एब्जोर्बरले यसलाई ट्राइम्फको स्पीड ४०० भन्दा फरक र परम्परागत लुक प्रदान गरेको छ ।

भारतीय बजार तथा यस आसपासका क्षेत्रका लागि प्रतिस्पर्धी मूल्य कायम गर्न कम्पनीले ३४९ सीसी वा ३९८ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन प्रयोग गर्न सक्ने जनाइएको छ । बजाज अटोको सहयोगमा उत्पादन गरिने यो मोडलले रोयल इन्फिल्ड क्लासिक ३५० र होन्डा सिबी३५० सँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

IME Lifesidebar
kumari