चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी महिला गिरफ्तार
अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले आइतबार लस एन्जलस विमानस्थलबाट एक ३४ वर्षीया महिलालाई पक्राउ गरेको छ।
सीएनएनका अनुसार ती महिलाले चिनियाँ सरकारका लागि काम गरेको, ताइवानका राष्ट्रपति लाइ चिङ-तेका छोराको निगरानी गरेको तथा उनको तस्बिर तथा भिडिओ चीनमा पठाएको आरोप छ।
ती अमेरिकी महिलाको नाम वान्यिङ झाङ उर्फ हेदर झाङ हो। उनी क्यालिफोर्नियाको इरभिन सहरकी घरजग्गा एजेन्ट हुन्।
एफबीआईले उनलाई लस एन्जलसबाट सांघाई जाने विमान चढ्न लागेका बेला पक्राउ गरेको हो। अमेरिकी अधिकारीहरूले उनलाई विदेशी सरकारका लागि काम गरेको आरोप लगाएका छन्।





















