citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सबै मन्त्री हट्छन्–बामदेव

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले स्थायी समिति बैठकले विधान संशोधन गरेर आफूलाई उपाध्यक्षको वैधानिक जिम्मेवारी दिने बताएका छन् । सचिवालय बैठकले आफ्नो योगदान र कामको मूल्यांकन गरेर पार्टी उपाध्यक्षमा सर्वसम्मत निर्णय गरेको बताएका छन् । नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै सबै मन्त्रीहरुलाई हटाएर मन्त्रीमण्डल पूनर्गठन गर्ने पनि जानकारी दिएका छन् । पूनर्गठन भनेको प्रधानमन्त्री बाहेक सबै मन्त्रीहरु हटेर योग्य, समक्ष, अनुभवी, इमान्दार नयाँ अनुहारका मन्त्री आउने दावी गरेका छन् । गौतमको संकेत उपनिर्वाचन पछि सरकार पुनर्गठन हुने रहेको छ ।
साथै गौतमले एक अध्यक्ष ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालन गर्ने गरि जिम्मेवारी बाँडफाँड हुने र आगामी एक–डेढ वर्ष पछि पार्टीको एकता महाधिवेशन गरि एकल अध्यक्ष चयन गर्ने पनि बताएका छन् । अब पार्टी महाधिवेशनले केन्द्रीय समिति सदस्य निर्वाचित गर्ने र त्यसपछि केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति, सचिवालय, पदाधिकारी र अध्यक्ष चयन गर्ने गरि विधान संशोधन गर्नुपर्ने पनि बताएका छन् । महाधिवेशनबाट पदाधिकारी चयन हुँदा पार्टी भित्र भद्रगोल भएको, अध्यक्ष सबै केन्द्रीय नेताको नेता हुन नसकेको पनि बताएका छन् ।

himalayan life insurance
igi long