stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनएमबिको आजदेखि एकीकृत कारोबार सुरुगर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आजदेखि एनएमबि बैंकले सुदूरपश्चिमको कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी  एकीकृत कारोबार सुरु गर्ने भएको छ । गत साउन २५ गते नेपाल राष्ट्र बैंकले कञ्चन डेभलपमेण्ट बैंकलाई विलय गर्न एनएमबि बैंकलाई अन्तिम स्वीकृति दिएको थियो । गत माघ २६ गते एनएमबि बैंकले कञ्चन डेभपमेन्ट बैंकलाई खरीद गर्ने प्रारम्भिक सम्झौता गरेकोमा गत जेठ २५ गते अन्तिम हस्ताक्षर गरेका थिए ।

एनएमबिले कञ्चनलाई १०० कित्ता शेयर बराबर ८५ कित्ताको अनुपातमा खरिद गरेको हो ।  कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीहरुले १०० कित्ता बराबर एनएमबि बैंकको ८५ कित्ता शेयर पाउने भएका छन् ।

कञ्चन डेभलपमेण्ट बैंक प्राप्तिपछि एनएमबि बैंकको सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति कायम भएको छ। बैंकले यसअघि ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरे प्रदेश नम्बर ४ मा बलियो उपस्थिति बनाएको थियो। कञ्चन प्राप्तिपछि एनएमबि बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड पुग्ने छ ।

IME Lifesidebar
kumari