citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

क्यास्ट्रोलले नेपालका विभिन्न जिल्लामा  लुब्रिकेन्ट बिक्री–वितरणका लागि नयाँ डिलरको आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । क्यास्ट्रोलले नेपालका विभिन्न जिल्लाका प्रमुख बजारमा आफ्नो दुईपांग्रे सवारीसाधनका लुब्रिकेन्ट बिक्री–वितरणका लागि नयाँ डिलर आह्वान गरेको छ ।

क्यास्ट्रोलको नेपालका लागि आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका अनुसार पाँचखाल, मन्थली, चरिकोट, जिरी, धादिङबेसी, दमौली, बेँसीसहर, आबुखैरेनी र गोरखामा डिलर आवश्यक रहेको छ ।

सुदूरपश्चिम तथा मध्यपहाडी क्षेत्रअन्तर्गत डडेलधुरा, सुर्खेत, गुल्मी, स्याङ्जा, बागलुङ, बेनी र मुस्ताङका लागि पनि डिलर आह्वान गरिएको छ ।

पूर्वी नेपालतर्फ गाईघाट, ओखलढुंगा, भोजपुर, तेह्रथुम, धनकुटा, इलाम र फिदिममा समेत डिलर आवश्यक रहेको कम्पनीले जनाएको छ ।

डिलरका लागि अटो स्पेयर पार्ट्स वा लुब्रिकेन्ट व्यवसायमा कम्तीमा दुई वर्षको अनुभव भएको हुनुपर्नेछ । साथै, अटो स्पेयर पार्ट्स वा लुब्रिकेन्टको आफ्नै खुद्रा बिक्री केन्द्र (रिटेल आउटलेट) सञ्चालनमा रहेको तथा व्यवसाय सञ्चालनका लागि पर्याप्त आर्थिक क्षमता भएको हुनुपर्ने कम्पनीको भनाई छ ।

 

IME Life
kumari