citizens life insurance long ad

नवदीक्षित चिकित्सकहरूलाई प्रधान सेनापतिद्वारा प्रमाणपत्र वितरण

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा शैक्षिक सत्र २०७६/७७ देखि सञ्‍चालन भएको चिकित्सा शिक्षा स्नातक तहको MBBS उत्तीर्ण भए पश्चात् इन्टर्नसिप पूरा गरेका नवौँ ब्याचका नवदीक्षित ८५ (पचासी) जना चिकित्सकहरूलाई आज मिति २०८३ आश्विन ८ गते प्रधान सेनापति महारथी अशोक राज सिग्देलले प्रमाणपत्र वितरण गर्नुभएको छ।

स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा सदा झैँ मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र र समग्रमा मानव सेवामा समर्पित भई कार्य गर्न सुझाव दिँदै प्रधान सेनापतिले दीक्षित चिकित्सकहरूलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नु भएको थियो।

संस्थानका कार्यकारी निर्देशक प्रा.स.र. डा.भैरव कुमार हमाल (अ.प्रा.)ले स्वागत मन्तव्य राख्‍नु भएको उक्त कार्यक्रममा रथीवृन्द, प्राध्यापक तथा प्राचार्य, सैनिक अधिकृत, कर्मचारी, नवदीक्षित चिकित्सक तथा परिवारजनको समेत उपस्थिति रहेको थियो।

नेपाली सेनाले स्वास्थ्य शिक्षामार्फत स्वास्थ्य सेवामा टेवा पुर्‍याउने पवित्र उद्देश्यका साथ मिति २०६८ सालमा स्थापना गरेको उक्त संस्थानबाट हालसम्म ९४४ जना चिकित्सकहरू दीक्षित भएका छन्।

IME Lifesidebar
kumari