stcnepal long ad
ime life insurance
national life
global ime bank long

इन्टर मिलानलाई हराउदै सेभिल्लाले जित्यो युरोपा लिगको उपाधि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । युइएफए युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । इनटर मिलानलाई हराउदै सेभिल्लाले उपाधि जितेको हो । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३–२ गोल अन्तरले हराउदै सेभिल्लाले उपाधि जितेको हो ।

सेभियाको जितमा लूक डी जोंगले २ गोल गरेका थिए भने एक गोल इन्टरका रोमेलु लुकाकुले आत्मघाती गोल गरेका थिए । खेलको ७४औ मिनेटमा सेभियाका डिएगो कार्लोसले हानेको बाइस्कल किक लुकाकुले टच गर्दा गोल हुनपुगेको थियो ।

यससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिल्ला अहिलेसम्म युरोपा लिगको इतिहासमा सबै भन्दा बढी २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा गरि छैठौ पटक युरोपा लिग जितेको छ । त्यस्तै सेभिया अहिलेसम्म फाइनलमा पुगेर अहिलेसम्म पराजित भएको छैन ।

IME Lifesidebar
kumari