stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्वास्थ्य सेवा विभागको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित कम्पनी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबीसीआई प्रा.लि) ले खरिद सम्झौता रद्ध गर्ने स्वास्थ्य सेवा विभागको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

रिटमा स्वास्थ्य सेवा विभागले २०७६ चैत १९ गते गरेको सम्झौता रद्धको निर्णय, बैंक जमानत जफत र कालोसूचीमा राख्ने लगायतका काम उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ । ओम्नीका सञ्चालक पारस केसीका वारेस अमीर लामिछानेले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

ओम्नीले सर्वोच्चमा दायर गरेको रिटमा औषधी खरिद सम्झौता गर्दा दाखिल गरेको जमानत जफत नगर्नु र कालोसूचीमा समेत नराख्नु भन्ने प्रतिषेधको आदेश र सम्झौताको यथावत पालना गरी ओम्नीबाटै सम्झौता बमोजिम स्वास्थ्य सामग्री आपूर्ति गराउन परमादेश वा अन्य उपयुक्त आदेशको माग गरिएको छ ।

त्यस्तै ओम्नीले रिटको अन्तिम टुंगो नलागेसम्म सम्झौता खारेज गर्ने स्वास्थ्य सेवा विभागको निर्णय कार्यान्वयन नगर्न र कालोसूचिमा राख्ने प्रक्रिया यथास्थितिमा राखी सामानको आपूर्ति गराउने व्यवस्था गराउन अन्तरिम आदेश पनि माग गरेको छ ।

सवोच्चले दिएन अन्तरिम आदेश
सवोच्च अदालतले भने करार सम्झौता अन्त्य भइसकेको र मध्यस्ठ नियुक्तिको प्रक्रिया सुरु भइसकेको भनी ओम्नीले नै जानकारी दिइसकेको भन्दै अन्तरिम आदेश अस्वीकार गरेको छ ।

ओम्नीको उक्त रिटमाथि बिहीबार सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले यस रिटमा सरकारको लिखित जवाफ माग गरेको छ भने रिटलाई अग्राधिकार दिन पनि आदेश दिएको छ ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस संक्रमण देखिन थालेपछि चीनबाट स्वास्थ्य सामग्रीखरिदका लागि ओम्नीसँग सम्झौता गरेको थियो ।

पहिलो लटको समान आएपछि सम्झौताअनुसार सामान ल्याउन नसकेको भन्दै विभागले सम्झौता रद्ध गर्ने, बैंक जमानत जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

IME Lifesidebar
kumari