stcnepal long ad
ime life insurance
national life
global ime bank long

साग अनियमितताको हुने भयो छानविन, बन्यो उप–समिति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उप–समिति गठन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागको खेल सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न उप–समिति गठन गरेको हो ।

राखेप बार्ड सदस्य गोविन्द बहादुर भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय समितिले खेल सामग्रीमा भएको अनियमितता छानबिन गर्नेछ । उपसमितिले ब्याडमिन्टन खलका सामग्री खेलाडीहरुले समयमा नपाएको, प्राप्त खेल सामग्री गुणस्तरहिन रहेको भन्ने उजुरीमाथि छानबिन गर्नेछ । उपसमितिका संयोजक भट्टराईले खेलकुद सामग्रीको गुणस्तर चित्त बुझ्दो नभएको, कोटेशन अनुसारको स्टोर दाखिला नभएको, स्टोर दाखिला भएका सामग्री खेलाडीहरुले प्राप्त नगरेको लगायतका विषयमा छानबिन हुने बताए ।

अहिले ब्याडमिन्टनका खेल सामग्रीमा भएको अनियमितताका विषयमा निवेदन प्राप्त नभएकाले सोही विषयमा छानबिन गरिने उनले बताए । अरु क्षेत्रबाट पनि खेलाडी प्रशिक्षकहरुले प्रमाणसहित उजुरी गरेको खण्डमा राखेप र मन्त्रालयले छानबिन गर्ने उनले बताए ।

उपसमितिमा राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई, कानून शाखा प्रमुख नारायण अर्याल र लेखा अधिकृत पासाङ फिजिङ शेर्पा रहेका छन् । उप समितिले २१ दिनभित्र प्रतिवेदन राखेपलाई बुझाउने छ ।

नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठमाथि आर्थिक अनियमितताको आरोप लागेपछि उनले राजीनामा बुझाई सकेका छन् । सागमा खेलाडीको सामग्री खरिदमा आर्थिक अनियमितता गरेको आरोप लागेपछि उनले राजीनामा बुझाएका हुन् ।

यसअघि शुक्रबार ब्याडमिन्टन खेलाडीहरुले आफ्नो नाममा आएको खेल सामग्री अझैसम्म नपाएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी निवदेन दर्ता गराएका थिए ।

सागमा नेपालको तर्फबाट राष्ट्रिय ब्याडमिन्टन टोलीमा १० महिला र १० पुरुष खेलाडीको सहभागिता रहेको छ । जसमा नेपालले ५ कास्य पदक जितेको थियो ।

IME Lifesidebar
kumari