stcnepal long ad
global ime bank long

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ–नेपाल रिकन्डिसन अटो व्यवसायी संघको आयोजनामा ११औँ वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

संस्थाका सदस्यहरू, प्रतिष्ठित वित्तीय संस्थाका प्रतिनिधिहरू तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थितिमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

कार्यक्रममा आमाघर काठमाडौँकी सामाजिक अभियन्ता दिलशोभा श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिइन । त्यसैगरी अटो व्यवसायसँग प्रत्यक्ष जोडिएका प्रमुख वित्तीय संस्थाहरू आईजीआई प्रुडेन्सियल इन्स्युरेन्स, हुलास फनसर्भ हायर प्रचेज, भेन्चर हायर प्रचेज तथा एमएडब्लू हायर प्रचेज लिमिटेडका प्रतिनिधिहरूको विशिष्ट आतिथ्यता रहेको थियो ।

साधारण सभा तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक तथा संघका संरक्षक संयोजक रमेश प्रसाद कोइरालाले सबै सहभागी, सहयोगी संस्था तथा सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे ।

उनले सम्पूर्ण अतिथि तथा सदस्यहरूको अमूल्य उपस्थिति, सद्भाव र सहभागिताले कार्यक्रमलाई भव्य, सभ्य र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पु¥याएको बताए ।

व्यवसायीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउने र अटो बजारको वर्तमान अवस्थाबारे छलफल गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा संघको आगामी दिशा र रणनीतिबारे पनि विचार–विमर्श गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै संयोजक कोइरालाले आगामी दिनहरूमा पनि संघका हरेक गतिविधिमा सम्पूर्ण सदस्य तथा साझेदार संस्थाहरूबाट निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गरिएको बताए ।

सेकेन्ड ह्यान्ड गाडीको कारोबार गर्ने व्यावसायी आबद्ध नेपाल रिकन्डिसन अटो व्यावसायी संघले व्यवासायिक हकहित र संरक्षणसंगै विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

IME Lifesidebar
kumari