stcnepal long ad
global ime bank long

डीडीसीको घ्यू अब दुबईमा, पहिलोपटक ६ सय किलो निर्यात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घ्यू दुबई निर्यात सुरु गरेको छ। दुबईमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै डीडीसीले शुक्रबारदेखि घ्यू निर्यात थालेको हो।

डीडीसीले पहिलोपटक ६ सय किलो घ्यू जहाजमार्फत दुबई पठाएको छ। दुबईमा घ्यू निर्यातका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ।

दुबईमा रहेका बिक्रेताले सुरुवाती चरणमा घ्यू परीक्षणका रूपमा बिक्री गर्नेछन्। त्यहाँको माग र बजारको अवस्था हेरेर आगामी दिनमा थप परिमाणमा घ्यू निर्यात गर्ने योजना रहेको डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए।

उनका अनुसार पहिलो चरणमा दुबईमा रहेका बिक्रेतालाई एक–एक कार्टुन घ्यू उपलब्ध गराएर बजार परीक्षण गरिनेछ। त्यसपछि माग बढेमा सोहीअनुसार निर्यातको परिमाण बढाउँदै लगिनेछ।

IME Lifesidebar
kumari