citizens life insurance long ad

 बीमा प्राधिकरणका पूर्व अध्यक्ष दाहालसँग धरौटी माग

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दामा अभियुक्त बनाइएका नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष तथा नेपाल सरकारका सहसचिव मदन कुमार दाहालसँग धराैटी माग गर्न विशेष अदालतले आदेश जारी गरेको छ।

सरकारको तर्फबाट मुद्दाको अभियोग पत्र दायर गर्दा फरार ठहर्याइएका दाहाल स्वयम् अदालतमा उपस्थित भएपछि दाहालको निवेदन सम्बन्धमा सोमबार भएको प्रारम्भिक सुनुवाइ पछि अदातलले १५ लाख रूपैयाँ धराैटी माग गर्ने आदेश जारी गरेको हो।

विशेष अदालतमा हाजिर भएका दाहालसँग धुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले उनीसँग धरौटी माग गरेर मुद्दाको पुर्पक्ष गर्न दिने आदेश दिएको छ।

सरकारले गत जेठ २८ गते हिमालयन रिइन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक लगायतकाविरूद्ध सामूहिक मुद्दा दायर गर्दा दाहालविरूद्ध समेत सम्पत्ती शुद्धिकरणको अभियोग लगाएको थियो। बीमा सम्बन्धी कसूरमा काठमाडाैं जिल्ला अदालतमा उनीविरूद्धको मुद्दा विचाराधीन छ।

IME Lifesidebar
kumari