stcnepal long ad
global ime bank long

वैदेशिक रोजगारका सबै काम भोलिदेखि ठप्प पार्ने मेनपावर व्यवसायीको घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागहरुको सुनुवाइ नभएको भन्दै सोमबारदेखि देशैभरका कार्यालय बन्द गर्ने घोषणा गरेको छ ।

यसअघि नै पूर्व-अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोकिएकोमा अब जारी श्रम स्वीकृति श्रमिकको उडानका लागि दिएको समयसीमा समेत समाप्त भएको छ ।

संघका महासचिव हीराबहादुर डाँगीले विज्ञप्ति निकाल्दै भोलिदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम-कारोबार तथा श्रमिकको उडान पूर्ण रुपमा बन्द गराइएको बताएका छन् । यो निर्णय समग्र व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको संघको प्रष्टीकरण छ ।

सरकार र सम्वद्ध निकायसँगको संवाद, समन्वय र वार्ताका ढोका खुला राखिएको भन्दै संघले मागको सम्बोधन र कार्यान्वयन नभएसम्म संघर्ष फिर्ता वा स्थगित नगरिने अडान लिएको छ ।

IME Lifesidebar
kumari