नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बृद्व
काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । साे विवरण अनुसार गत आर्थिक वर्षमा नबिल बैंकको वित्तीय सूचकमा निकै सुधार गरेको देखिएकाे छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्षमा नबिल बैंकले ३३.५० प्रतिशतले मुनाफा बृद्वि गरेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुराएकाे छ । अघिल्लो आर्थिक वर्षमा नबिल बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
नबिल बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ४.१८ प्रतिशतले बृद्वि भएर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकले कर्जा नोक्सानी व्यवस्था अर्थात इम्पेरमेन्ट चार्ज घटाएको छ ।
अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २० करोड १४ लाख रुपैयाँ छुट्याएकोमा गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ रहेको छ । यसले बैंककाे मुनाफा बढाउन सहयोग गरेको देखिन्छ । नबिल बैंकको सञ्चालन नाफा २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ रुपैयाँ रहेकाे छ । सेयरधनीहरूलाई बैंकले १९ रुपैयाँ १० पैसा लाभांश दिन सक्ने देखिएकाे छ ।
नबिल बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यसमा ५ अर्ब रुपैयाँको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार सेयर समेत समावेश छ । बैंकको जगेडा कोषमा ३९ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको बताइएकाे छ ।
नबिल बैंकले गत आर्थिक वर्षमा ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षमा नबिल बैंकले ०.२८ प्रतिशत खराब कर्जा घटाएकाे छ। यसै गरि बैंकले प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३६ पैसा पुरयाएकाे छ। यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा पुगेकाे छ ।




















