stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्वस्थ जीवनशैली पुस्तक बजारमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । स्वस्थ जीवनका लागि मानिसले गर्ने सबै प्रयास त्यतिबेला सार्थक हुन्छ जतिबेला ऋषि महर्षिहरुले प्रतिपादन गरेको जीवन शैली अपनाउन सकिन्छ ।

तर सबै मानिसलाई स्वास्थ्य जीवनको सिद्धान्त पत्तो हुँदैन । त्यही अभावलाई परिपूर्ति गर्न आयुर्वेद क्षेत्रका तीन चिकित्सकले पुस्तक तयार गरेका हुन् ।

औषधि व्यवस्था विभागमा कार्यरत चिकित्सक डा. सन्तोषकुमार ठाकुर, आयुर्वेद क्याम्पस त्रिभुवन विश्वविद्यालयमा कार्यरत डा. मिथिलेशकुमार साह र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र काठमाडौंमा कार्यरत डा. निर्मल भुसालद्वारा संयुक्त रुपमा लिखित ‘स्वस्थ जीवनशैली’ पुस्तकमा आयुर्वेदको सिद्धान्त र स्वस्थ जीवनशैलीका लागि अपनाउनु पर्ने सबै उपाय समावेश गरिएको छ ।

ब्रदर बुक्स प्रकाशन प्रा.लि.द्वारा प्रकाशित सो पुस्तक संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयेश त्रिपाठीले औपचारिक रुपमा सार्वजनिक गर्नुभयो । आफ्नै कार्यकक्षमा पुस्तकका लेखकहरु र सचिवालयका केही सिमित व्यक्तिहरुको उपस्थितिमा पुस्तक सार्वजनिक गरेपछि मन्त्री त्रिपाठीले अहिलेको सन्दर्भमा उक्त पुस्तक बहुउपयोगी हुने धारणा राख्नुभएको थियो ।

कोभिड १९ को औषधि नआइसकेको अवस्थामा स्वस्थ खानपान र जीवनशैलीबाटै कोरोनालाई परास्त गर्न सकिने हुँदा सार्वजनिक पुस्तकमा यी कुराहरुलाई लेखकहरुले निकै मेहनतपूर्वक उल्लेख गर्नुभएकोमा लेखकहरुलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा लेखकहरुले आफूहरुको प्रयास मानिसलाई स्वस्थ राख्ने उद्देश्य रहेको बताउँदै स्वास्थ्य जीवनशैलीका आवश्यक खुराक पुस्तकमा समावेश गरेको बताउँदै पुस्तकको अनुसारण गर्न सके मानिसलाई कोभिड १९ जना संक्रामक रोगले पनि केही गर्न नसक्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

IME Lifesidebar
kumari